जिल्ला हुलाक कार्यालय,नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)
NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पारु - १

नागरिक बडापत्र

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

हुलाक सेवा विभाग

जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

रामग्राम,परासी

नागरिक वडा-पत्र .

क्र.स.

सेवाको विवरण

सेवा प्राप्त गर्न सेवाग्राहीले पुरा गर्नुपर्ने प्रक्रिया तथा पेश गर्नुपर्ने कागजातहरु

लाग्ने शुल्क

लाग्ने समयावधि

जिम्मेवारी फाँट/शाखा

गुनासो सुन्ने अधिकारी

हुलाक वस्तु दर्ता

चिठी रजिष्ट्री (आन्तरिक: साधारण र रजिष्ट्री)

तोकिएको आकारको खाममा प्रेषक र प्रापकको नाम, ठेगाना र सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने ।

  • साधारण चिठ्ठी पहिलो २० ग्रामसम्म रु.१०/- त्यसपछि थप १० ग्रामको रु.५/- महशुल लाग्ने । यदि चिठीको प्रमाणीकरण माग भएमा ३ वाट चिठी सम्म रु.५/- थप शुल्क लाग्ने छ ।
  • राजिष्ट्री चिठ्ठी पहिलो २० ग्रामसम्म रु.४०/- त्यसपछि थप १० ग्रामको रु.५/- महशुल लाग्ने ।

तुरुन्तै

डाँक/काउण्टर शाखा

हुलाक अधिकृत

चिठी रजिष्ट्री

(वैदेशिक: साधारण र रजिष्ट्री)

हुलाक महशुल तिरी वा टाँसी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने ।

अंग्रेजी भाषामा लेख्नुपर्ने ।

  • साधारण चिठ्ठी हवाई मार्गको लागि : २० ग्रामसम्म प्रथम क्षेत्रको रु.५०/-, द्वितीय क्षेत्रको रु.६०/-, तृतीय क्षेत्रको रु.८०/- र चतुर्थ क्षेत्रको रु.१००/- दस्तुर लाग्ने ।
  • २० ग्रामभन्दा माथि तोकिए बमोजिम थप महशुल दस्तुर लाग्ने ।
  • साधारण चिठ्ठी सतह मार्गको लागि : २० ग्रामसम्म सार्क मुलुकहरुका लागि रु.४५/-, ए.पि.पि.यू. का सदस्यहरुका लागि रु.५०/-, अन्य राष्ट्रका लागि रु.६०/- दस्तुर लाग्ने ।
  • २० ग्रामभन्दा माथि तोकिए बमोजिम थप महशुल दस्तुर लाग्ने ।
  • राजिष्ट्री शुल्क प्रत्येक वस्तुको चिठ्ठी रु.२५०/- महशुल लाग्ने ।

तुरुन्तै

डाँक/काउण्टर शाखा

हुलाक अधिकृत

पुलिन्दा (पार्सल-Parcel) दर्ता (२के.जी.-२०के.जी.)

कोरा कपडामा थैलोमा लाहा छाप लगाई सिलवन्दी गरेको हुनु पर्ने ।

  • सतही पुलिन्दा: पहिलो २ के.जी. सम्स रु.२००/- र त्यसपछि थप ५०० ग्राम वा अंशको रु.५०/- लाग्ने
  • हवाई पुलिन्दा : पहिलो २ के.जी. सम्स रु.२३०/- त्यसपछि थप ५०० ग्राम वा अंशको रु.१००/- लाग्ने ।

तुरुन्तै

डाँक/काउण्टर शाखा

हुलाक अधिकृत

द्रुत डाँक सेवा (EMS)

हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भए सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने ।अंग्रेजी भाषामा लेख्नुपर्ने ।

  • पहिलो ४० ग्रामसम्स एक मुष्ट रु.७०/- त्यसपछि थप २० ग्राम वा अंशको (२ केजी सम्मको) रु.१५/- महशुल लाग्ने ।

तुरुन्तै

डाँक/काउण्टर शाखा

हुलाक अधिकृत

बुक पोष्ट

छापा कागज श्रेणीको कागजमा हुनुपर्ने ।

  • आन्तरिक हकमा २० ग्रामको रु.५/- त्यसपछि थप २० ग्रामको रु.५/- महशुल लाग्ने ।
  • वैदेशिक हकमा ५० ग्रामको प्रथम श्रेणीको रु.८०/-,द्वितीय श्रेणीको रु.१००/-, तृतीय श्रेणीको रु.१६०/- र चतुर्थ श्रेणीको रु.१९०/- महशुल लाग्ने ।

तुरुन्तै

डाँक/काउण्टर शाखा

हुलाक अधिकृत

हुलाक दर्ता समाचार पत्र, पत्रिका

हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने ।

  • एक प्रतिको १०० ग्रामसम्स रु.२/- त्यसपछि २० ग्रामको थप रु.२/- दस्तुर लाग्ने ।

तुरुन्तै

प्रशासन शाखा

हुलाक अधिकृत

अन्धा साहित्य

ब्रेल लिपिमा छापिएको हुनुपर्ने ।

  • बढीमा ७ के.जी. सम्म मात्र नि:शुल्क ।

तुरुन्तै

डाँक/काउण्टर शाखा

हुलाक अधिकृत

पत्रपत्रिका दर्ता तथा नविकरण

निवेदन, जिल्ला प्रशासन कार्यालयले दिएको पत्रिका दर्ता प्रमाणपत्र, २ प्रति पत्रिकाको पछिल्लो अंक, र कम्तिमा ३० जना स्थायी ग्राहकको नामाली विवरण ।

  • पत्रिका दर्ता : एक जिल्लाबाट हुलाक दाखिला गर्न रु.२००/- र अन्य जिल्लामा समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.१००/- थप दस्तुर लाग्ने ।
  • पत्रिका नविकरण दस्तुर : एक जिल्लाबाट हुलाक दाखिला गर्न रु.१००/- र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.१०/- ।

आधा घण्टा

प्रशासन शाखा

हुलाक अधिकृत

हुलाक वस्तु वितरण

साधारण र रजिष्ट्री चिठ्ठी

प्रापकको परिचय स्व: घोषित गरी पत्र बुझ्ने वा परिचय खुल्ने कागजात देखाउन पर्ने

  • नि:शुल्क

हल्कारा वा हुलाकीले पत्र बुझेको ७ दिन भित्र

डाँक/काउण्टर शाखा

हुलाक अधिकृत

पुलिन्दा (Parcel) -वैदेशिक

नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि

  • भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम भन्सार शुल्क ।

तुरुन्तै

डाँक/काउण्टर र लेखा शाखा

हुलाक अधिकृत

द्रुत डाँक सेवा (EMS)

नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि

  • आन्तरिक : नि:शुल्क
  • वैदेशिक : भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम भन्सार शुल्क ।

तुरुन्तै

डाँक/काउण्टर शाखा

हुलाक अधिकृत

हुलाक वस्तु ट्र्याकिङ सेवा

हुलाक वस्तु ट्र्याकिङका लागि महिनाभित्र हुलाक दर्ता रसिदसहित निवेदन दिन पर्ने ।

  • नि:शुल्क

तुरुन्तै

डाँक शाखा

टिकट बिक्री सेवा

टिकट माग ।

  • सेवाग्राहीको माग बमोजिम लाग्ने ।

तुरुन्तै

टिकट व्यवस्थापन शाखा

हुलाक अधिकृत

एफ. एम.(१०० वाट सम्मको) नविकरण र रोयल्टी तथा लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी

एफ. एम. को निवेदन पत्र, इजजात र प्रसारण प्रमाणपत्रको सक्कल प्रति, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, रोयल्टी बुझाएको भौचर, नगदी रसिद र आ.ले.प.को बार्षिक प्रतिवेदन ।

  • जिल्ला स्तरीय सिफारिस तथा अनुगमन समितिबाट अनुगमन र रकम भुक्तानीका लागि रु.१०/- को टिकट टाँस गर्ने ।

अनुगमनः बर्षमा १ पटक र रकम भुक्तानी १ घण्टा भित्र

प्रशासन र र आर्थिक प्रशासन शाखा

हुलाक अधिकृत

सुचना प्राप्ति/जानकारी/ सोधपुछ

निवेदन पत्रमा माग गर्न खोजेको सूचनाको आशय कारण उल्लेख गरी पेश गर्नुपर्ने ।

  • निवेदनमा अनिवार्य रुपमा रु.१० को टिकट टाँस गरी पेश गर्नु पर्ने ।

उपलब्ध भएसम्म तत्काल नभए निवेदन दिएको मितिले १५ दिनभित्र

प्रशासन शाखा/ सुचना अधिकारी

हुलाक अधिकृत

जिल्ला हुलाक कार्यालय,नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)